तपाईँ सुन्दै हुनुहुन्छः

४ लाख २८ हजार मूल्य बराबरको तस्करी कपडा बरामद

बीरगंज । पर्सा प्रहरीले अवैध रुपमा राजस्व छलेर भारतबाट भित्र्याई गोदाममा लुकाइएको अवस्थामा ४ लाख २८ हजार मूल्य बराबरको कपडा बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भित्र्याइएको कपडा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित घरमा लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव डिएसपी ओम प्रकाश खनालले बताउनुभयो । 

बरामद गरिएको कपडा थप कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button