तपाईँ सुन्दै हुनुहुन्छः

अटो तथा रिक्सा चालकहरूलाई सचेतना फैलाउँदै ट्राफिक प्रहरी

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको अटो तथा रिक्सा चालकहरूलाई ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक कार्यालय उदयपुरको आयोजनामा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो । 

त्रियुगा बसपार्कमा भएको कार्यक्रममा सावरी दुर्घटनाहरू मध्ये अटो रिक्सा चालकको लापरबाहीले दुर्घटना धेरै हुने गरेको भन्दै सो न्यूनीकरण गर्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ  । 

कार्यक्रममा  दुई सयभन्दा बढी अटो रिक्सा चालकहरू सहभागी भएका थिए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोरा, प्रहरी नायव उपरीक्षक (डिएसपी) बेद गौतम, प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालबहादुर श्रेष्ठ र जिल्ला ट्राफिक उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक (सई) लिलाराज श्रेष्ठको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button