तपाईँ सुन्दै हुनुहुन्छः

बन्दको प्रभाव बाँकेमा पनि

नेपालगन्ज। नेत्र विप्लव चन्द ‘बिप्लब’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव बाँकेमा पनि परेको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आह्वान गरिएको बन्दका कारण आज बिहानैदेखि सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । स्कुल कलेजहरू पनि बन्द छन् ।

नेपालगन्ज बजार क्षेत्रमा मोटरसाइकल, अटो रिक्सा, इलेकट्रोनिक रिक्सा केही मात्रामा चलेपनि छोटो तथा लामो दुरीका यातायातका साधन भने ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बन्दको प्रभाव पसल व्यवसायमा पनि परेको छ । बाँकेमा ठाउँ ठाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button