कञ्चनपुरमा मोटरसाइकलसहित अवैध सामान बरामद

कञ्चनपुर।कञ्चनपुरमा सशस्त्र प्रहरी बलले मोटरसाइकलसहित अवैध सामान बरामद गरेको छ।
बोर्डर आउटपोष्ट डोकेबजारबाट खटिएको सीमा गस्ती टोलीले अवैध रुपमा भन्सार छली ल्याइएका सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।
टोलीले अन्दाजी १ लाख ४७ हजार २ सय बराबरको भारतीय मोटरसाइकल तथा बिँडी सुर्ती बरामद गरेको गणले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।








प्रतिक्रिया राख्नुहोस्