‘अख्तियारले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ’
कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग आयोग पोखरा कार्यालयको ३१ औँ वार्षिक प्रतिवेदन बुझ्दै गुरुङले अख्तियारले काम गर्न सकेको महसुस जनताले गर्न पाउनुपर्ने बताउनुभयो । भ्रष्टाचारीहरूलाई कारबाही गर्न सक्छ, गर्छ भन्ने जनविश्वास स्थापित गर्नका लागि आयोग सशक्त रुपमा अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

आयोगले आफ्नो जिम्मेवारीलाई सशक्त रुपमा कार्यान्वयन गरेको खण्डमा यो संविधान र राज्यको व्यवस्था जनतामा लोकप्रिय भएर जाने गुरुङको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्