लागु औषधसहित पक्राउ परेका एक जना सार्वजनिक
टीकापुर कैलाली । कैलालीमा लागु औषधसहित पक्राउ परेका सन्देस पहाडीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गौरीगङ्गा नगरपालिका वडा नम्बर ९ शंकरपुरबाट लागू औषध खैरो हेरोइनसहित पक्राउ परेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीका १९ वर्षीय पहाडीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय मसुरिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाबाट खटिएको प्रहरी टोलीले पहाडीलाई आइतबार १० ग्राम लागु औषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्