तपाईँ सुन्दै हुनुहुन्छः

थारमारे–दिलौरी लेक हुँदै सिञ्जा जोड्ने १५ किमी सडक निर्माण

जुम्ला  । जुम्लाको पहिलो अन्तरपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण भएको छ । 

भौगोलिक रुपमा विकट जुम्लाका ग्रामीण बस्ती र पालिकामा यातायातको पहुँच विस्तार गर्न अन्तरपालिका जोड्ने १५ किमी सडक निर्माण भएको हो ।

जुम्लाको तातोपानी र सिञ्जा गाउँपालिका जोड्ने (थारमारे–दिलौरी) १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 

तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी लेक हुँदै सिञ्जा गाउँपालिकाको वडा नम्बर ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको तातोपानी गाउँपालिका वडा नं ५ अध्यक्ष हरिबहादुर डाँगीले बताउनुभयो । 

उहाँका अनुसार तातोपानी पालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक निर्माण भएको हो ।
 सडक निर्माणपछि यो क्षेत्रमा एम्बुलेन्स र गाडी गुड्न थालेका छन् । गाडी पुग्न थालेपछि सिञ्जा र तातोपानीका स्थानीयलाई सहज भएको छ । 

प्रदेश सांसद विकास कोषको ४५ लाख र तातोपानी गाउँपालिकाको १ करोड रुपैयाँ लागतमा १५ किलोमिटर थारमारे–दिलौरी सडक निर्माण गरिएको पालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button