थप ३ सय ६ जनामा कोरोना संक्रमण
काठमाडौँ । आज देशभर ३ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
८ हजार ८ नमूनाको पिसिआर परिक्षण गर्दा २ सय ९१ जना र १ हजार ५ सय ९८ नमूनाको एन्टीजेन परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ३ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
सङ्क्रमणका कारण आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७७ पुगेको छ ।
हाल देशभर ७ हजार २ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्