तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन प्रतिनिधिका लागि स्याङ्जाबाट २४ जना छनौट

स्याङ्जा । नेकपा एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा स्याङ्जाबाट २४ जना महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि ८९ जनाले उम्मेदवारी दिए पनि सहमतिको आधारमा २४ जना प्रतिनिधि छनौट भएका हुन् ।  

निर्वाचन समितिका संयोजक यादवराज शर्माका अनुसार खुल्लातर्फ १४ जना, महिला ६ र दलित तथा उत्पीडित ४ गरी २४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट गरिएको हो । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं. १ मा मीनप्रसाद गुरुङ, नारायण मरासिनी, सुधिरकुमार पौडेल, विश्वनाथ पौडेल, दिपक लम्साल, इस्लाम मियाँ, सन्तोष केसी, तारा शर्मा, सीमा कुमारी क्षेत्री, देवी थापा रहनुभएको छ । 

क्षेत्र नं. २ मा मोहन प्रसाद रेग्मी, भूपराज अधिकारी, देवीसरा थापा, मुक्ति प्रसाद पाठक, सूर्यप्रसाद गैह्रे (पारस) ,खिम थापा, किशोर विक्रम मल्ल, उदयराज श्रेष्ठ, सरस्वती भट्टराई, र खगिसरा थापा रहनुभएको छ । त्यस्तै दलित तथा उत्पीडिततर्फ टेकु नेपाली, धनमाया विक, दिपक विक र मेघ प्रनेश छनौट हुनुभएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा खुल्लाबाट ७ जना, महिलाबाट ३ जना र उत्पीडिततर्फ २  जना गरी १२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रावधान रहेको छ ।  

स्याङ्जामा क्षेत्र नं. १ बाट खुलातर्फ ३७ र महिलातर्फ ९ र उत्पीडिततर्फ २ जनाले उम्मेदवारी दर्ता गरेका थिए भने क्षेत्र न. २ तर्फको खुलातर्फ २९, महिलातर्फ ९ र उत्पीडिततर्फ ३ जनाको उम्मेदवारी दर्ता गरेका थिए । स्याङ्जामा करिब १३ हजार ७ सय सङ्गठित सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button