तपाईँ सुन्दै हुनुहुन्छः

कानून व्यवसायीद्वारा धनुषा जिल्ला अदालत परिसरमा एक घण्टा धर्ना

जनकपुरधाम । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसन जनकपुरधामले धनुषा जिल्ला अदालत परिसरमा आज १ घण्टा धर्ना दिएका छन् । 

नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष किशोरी साहको अध्यक्षतामा भएको सो धर्ना कार्यक्रममा कानून व्यवसायीहरुको ठूलो सङ्ख्यामा सहभागिता रहेका थिए । 

केन्द्रले जारी गरेको सर्कुलर अनुसार नेपाल बार एसोसिएसन जनकपुरधामले धर्ना कार्यक्रमको आयोजना गरेर प्रधान न्यायाधीशको राजीनामाको माग गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button