तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको नरैनापुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालगञ्ज  । बाँकेको नरैनापुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ ।

२५ गते गाई चराउन जङ्गल गएका गडरियाको शव गए राति पिठ्युँको भाग बाघले खाएको अवस्थामा भेटिएको थियो । घाँटी र शरीरका अन्य भागमा पनि बाघको नङ्ग्राले कोतरेको पाइएको प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो । बाघले एउटा गाई समेत मारेको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको गौतमले बताउनुभयो । बाँकेको राप्तीसोनारीस्थित गाभरमा पनि केही समय अघि मात्रै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button