तपाईँ सुन्दै हुनुहुन्छः

हरि अभिनव पुरस्कार पुडासैनी र घिमिरेलाई

काठमाडौँ । यस वर्षको हरि अभिनव पुरस्कार साहित्यकार कञ्चन पुडासैनी र श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई प्रदान गरिएको छ ।

अभिनव साहित्य समाजले आज काठमाडौँको जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पुडासैनी र साहित्यकार ‘एसपी आशा’ लाई भने अस्वस्थ रहनुभएकाले यसअघि नै उहाँकै निवासमा गई नगदसहित अभिनन्दन पत्रले सम्मान गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिनुभयो ।

त्यस अवसरमा समाजका अध्यक्ष ‘वेदमणि’ को कृति ‘शृङ्गार धारा’ को विमोचन गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा जगत प्रसाद उपाध्यायले माधवप्रसाद घिमिरेपछि वार्णिक र मात्रिक छन्दमा कविता लेख्ने कवि कञ्चन पुडासैनी नै रहनुभएको समालोचक प्रा डा वासुदेव त्रिपाठीको समालोचना सही रहेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार विष्णु प्रभातले पुरस्कृत व्यक्तित्वको साहित्यिक योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । 

सो अवसरमा परशुराम पराजुली ‘पराशर’ ले विमोचित पुस्तक ‘शृङ्गार धारा’ का बारेमा समीक्षा प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न कवि एवं कवयित्रीले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button