‘न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ’
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) ले आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सत्य र न्यायका पक्षमा लड्ने वकिलबिच एकापसमा झगडा हुनु दुःखद भएकोले सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्ने धारणा राख्नुभयो ।
नेता केसीले नेपाली काँग्रेसभित्र वैचारिक आन्दोलन आवश्यक रहेको र पार्टी नेताले होइन नीतिले, व्यक्तिले होइन विचारले चल्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्