अवैध हतियार र गोलीसहित १ जना पक्राउ
बारा | २७ कार्तिक । बारा प्रहरीले अवैध हतियार र गोली सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं.५ बगडमपुर टोल बस्ने वर्ष ३५ का मनोज प्रसाद जयसवाल रहेका छन् ।
चेकजाँचको क्रममा कम्मरको भागमा सर्किजल कम्मर पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा १ राउन्ड गोली लोड रहेको अवैध नल कटुवा बन्दुक एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जयसवाललाई हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्