तपाईँ सुन्दै हुनुहुन्छः

‘व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई अनुमति दिइने’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् व्यापारका लागि तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई अनुमति दिने बताउनुभएको छ । 

शुक्रवार ऊर्जा मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)को प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री भुसालले विद्युत् व्यापार गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले निजी क्षेत्रलाई पनि अनुमति दिन सक्ने स्पष्ट पार्नुभयो । 

मन्त्री भुसालले नेपाली निजी क्षेत्रका उद्यमीहरूले विद्युत् बिक्री गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गर्न सकेको खण्डमा विलम्ब नगरी अनुमति दिन सकिने बताउनुभयो ।

file photo

त्यस अवसरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत विकास र व्यापारका विषयमा मन्त्रालय र प्राधिकरण गम्भीर भएर लागेको बताउँदै निजी क्षेत्रले मागेको विद्युत् प्राधिकरणले तत्काल स्वीकृत गरी दिए पनि निजी क्षेत्रका पूर्वाधारहरू तयार नभएकाले तत्काल खपत हुने स्थिति नरहेको जानकारी दिनुभयो ।

भेटमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य सहितका प्रतिनिधिले विद्युत् क्षेत्रमा देखिएका समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुका साथै निजी क्षेत्रलाई पनि विद्युतको व्यापार गर्न दिन माग गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button