एन्फाले तोक्यो टिकटको मूल्य
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आसन्न ए डिभिजन लिगको टिकट मूल्य तोकेको छ ।
आसन्न ए डिभिजन लिगको बारेमा जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एन्फाले साधारणतर्फ सय र भिआइपीतर्फ ५ सय टिकट मूल्य तोकिएको जानकारी दिएको छ । यस सिजनको ए डिभिजन लिग मङ्सिर ३ गते सुरु हुदैछ ।

यसअघि लिगको टिकट मूल्य धेरै राखिएको भन्दै एन्फाको आलोचना भएको थियो । एन्फाले यस पटक टिकटको मूल्यमा कटौती गरेको छ । यस्तै, यस सिजनबाट एन्फाले हप्ताको तीन दिन मात्र लिगको खेल सञ्चालन गर्ने बताइसकेको छ । शुक्रवार, शनिबार र आइतबार तीन दिन मात्र एन्फाले लिगका खेल सञ्चालन गर्नेछ ।
एन्फाले शुक्रवार र शनिबार साँढे ४ बजेपछि लिगका खेल सुरु गर्ने र फ्लड लाइटमा खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले पोखरामा समेत लिगका केही खेल लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । एन्फाले यस सिजनबाट लिगलाई कम्तीमा ५ देखि ६ महिना लैजान खोजेको छ ।








प्रतिक्रिया राख्नुहोस्