छ जनाले गरे आमादब्लम हिमाल आरोहण

सोलुखुम्बु । तीन भारतीय नागरिक र तीन नेपालीको टोलीले सोलुखुम्बुमा रहेको आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । उनीहरूले खुम्बु हिमश्रृखङ्लामा अवस्थित छ हजार ८१२ मिटर अग्लो हिमालको सफल आरोहण गरेका हुन् ।

आमादब्लम आरोहण गर्नेहरूमा भारतीय नागरिकहरू ललित कुमार, मानस मरला र सतिस कुमार हुन् भने खोटाङ बाकाचौल घर भएका कोठे स्थित हिमालयन लजका सञ्चालक आङगेलु शेर्पा, बाकाचौलकै निमानुरु शेर्पा र सोलुखुम्बुका लोपेन साङगे शेर्पाले पनि भारतीयसँगै आरोहण गरेको आरोहण दलका नेतृत्व गरेका आङगेलु शेर्पाले जानकारी दिनुभयो ।
उहाँहरूले आमादब्लमको शिरमा नेपाल र भारतको झन्डा फराएका थिए । यो सिजनमा आमादब्लम लगायतका केही साना हिमाल आरोहण गर्ने गरिन्छ ।
तस्बिर : आङगेलु शेर्पा








प्रतिक्रिया राख्नुहोस्