अध्यक्ष ओली राष्ट्रिय जनगणनामा सहभागी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि सुरु भएको १२औँ राष्ट्रिय जनगणनामा सहभागी हुनुभएको छ ।
अध्यक्ष ओलीको निजी निवास बालकोटमा राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेसहित गणक टोलीले उहाँको पारिवारिक तथ्याङ्क सङ्कलन गरेको अध्यक्ष ओलीका प्रेस सल्लाकार रामशरण बजगाईँले जानकारी दिनुभयो ।

जनगणना कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, प्रहरी प्रमुख लगायतको उपस्थिति थियो ।
आजबाट देशभर राष्ट्रिय जनगणना–२०७८ सुरु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्