तपाईँ सुन्दै हुनुहुन्छः

एएफसीद्वारा एन्फालाई बी श्रेणीको मान्यता प्रदान

काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई एएफसी कोचिङ कन्भेन्सन अन्तर्गत बी श्रेणीको मान्यता प्रदान गरेको छ ।

एएफसीले एन्फालाई सी र बी लाइसेन्सको कोर्स निर्माणदेखि प्रशिक्षण तथा लाइसेन्स प्रदान गर्नका लागि मान्यता दिएको हो ।

एन्फाले एएफसी कोचिङ कन्भेन्सनमा बी श्रेणीको सदस्यताको हैसियत प्राप्त गरेको छ । अब एन्फाले सी र बी लाइसेन्सको नेपाली भाषामा कोर्स डिजाइन गर्नेदेखि प्रशिक्षकलाई प्रशिक्षण दिएर लाइसेन्सको आफैँ मान्यता दिन सक्नेछ ।

नेपालले अब आफैँ बी लाइसेन्सको मान्यता दिन पाउने र त्यसको मान्यता एसियाभरि रहने एन्फाका कोचिङ एजुकेसन हेड सञ्जित सिंहले जानकारी दिनुभयो । 

अब लामो समय फुटबलमा लागेका र अङ्ग्रेजी भाषामा समस्या भएका खेलाडीले नेपाली भाषामा बी लाइसेन्स सम्मको कोर्स गर्न पाउनेछन् । एएफसीको कोचिङ कन्भेन्सन अन्तर्गत बी लाइसेन्सको मान्यता पाउने नेपाल पाँचौँ देश बनेको छ । 

यसअघि भारत, बङ्गलादेश, भुटान र माल्दिभ्सले बी श्रेणीको मान्यता प्राप्त गरिसकेका छन् । अब नेपालले एसियाभर मान्यता पाउने गरी आफ्नै भाषामा प्रशिक्षक तयार गर्ने अनुमति एएफसीबाट प्राप्त गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button