तपाईँ सुन्दै हुनुहुन्छः

आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहन्छ: अध्यक्ष नेपाल

डडेलधुरा । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने बताउनुभएको छ । 

डडेलधुराको कार्यकर्ता भेलामा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम राखिने उल्लेख गर्नुभयो ।

एमालेका तत्कालीन जिल्ला अध्यक्ष समेत रहनुभएका डा.तारा जोशी सहितका एक दर्जन नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । 

भेलालाई पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगर, सुदूरपश्चिम भौतिक पूर्वाधार तथा निर्माण मन्त्री दीर्घ सोडारी लगायतले सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button