एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्ने रावलको घोषणा

अछाम । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताउनु भएको छ ।
गृह जिल्ला अछाम पुग्नुभएका उपाध्यक्ष रावलले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भएको पार्टीको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताउनु भएको हो । रावलले अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै कार्यकर्ताको भावना अनुसार आफू अगाडि बढ्न तयार रहेको बताउनु भएको हो ।
कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उहाँको भनाइ छ ।

अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । “पार्टीमा विभिन्न उतारचढाव आएका छन्, क्षति भएको छ, अब महाधिवेशनबाट पार्टीलाई बलियो र एकताबद्ध बनाउनुपर्छ ।” उहाँको भनाइ छ ।
गृह जिल्लाका कार्यकर्तालाई सम्बोधनका क्रममा आफू कुन पदमा उठ्दा उचित होला भनेर सोधेपछि कार्यकर्ताहरूले अध्यक्ष, अध्यक्ष, अध्यक्ष भनेर हुटिङ गरेका थिए ।
तपाईँहरू जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छु, उनले भने, “कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन्, तपाईँहरूले पनि त्यही भन्नु भएको छ। तपाईँहरूको यो आवाजलाई कमजोर हुन दिन्नँ” रावलले दृढता व्यक्त गर्नुभयो ।
१० बुँदेलाई पार्टी एकताको आधार बनाउनुपर्ने बताउँदै आउनु भएका नेता रावलले पार्टीका आधिकारिक निर्णयलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्