तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्मालाई आज भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा को दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

भारतस्थित राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा (Honorary Rank of General of the Indian Army) को दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरूप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रही आएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button