तपाईँ सुन्दै हुनुहुन्छः

व्यापार व्यवसायका लागि सहज वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

जनकपुर उद्योग वाणिज्य सङ्घको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कोरोनाका कारण अर्थतन्त्र शिथिल भएकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । माल सामान ल्याउने क्रममा व्यापारीलाई अनावश्यक दुःख नदिन उहाँले सुरक्षा निकायलाई आग्रह गर्नुभयो । 

file photo

उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा देखा परेका समस्या समाधान गर्न वर्तमान सरकार तत्पर रहेको मन्त्री खाँणले बताउनुभयो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले प्रहरी प्रशासनले झुटा मुद्दा लगाएर सामान नियन्त्रणमा लिई अनावश्यक दुःख दिने गरेको मन्त्री खाँण समक्ष गुनासो गरेका थिए । 

मन्त्री खाँणले त्यसो हुन नदिन प्रदेश २ का प्रहरी प्रमुख र जिल्लास्थित प्रहरी निकायलाई निर्देशन दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button