तपाईँ सुन्दै हुनुहुन्छः

चौताराबाट काठमाडौँ जाँदै गरेको माइक्रो बस दुर्घटना, एकको मृत्यु

सिन्धुपाल्चोक । अरनिको राजमार्ग अन्तर्गत चौताराबाट काठमाडौँ जाँदै गरेको माइक्रो बस पोखरेबेसीमा दुर्घटना भएको छ । 

सिन्धु पाँचपोखरी प्रा.ली. अन्तर्गतको बा २ ख २६१२ नं. को माइक्रो बस दुर्घटना भएको हो । माइक्रोमा सवार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बलेफी ५ का ४० वर्षीय जानुका पराजुली रहेकी छिन । बाँकी सबै घाइते भएका छन् । घाइतेहरू २० जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएता पनि १ को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो । 

माइक्रो सडकबाट करिब ७/८ मिटर तल खसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button