देशभरि ५ सय ३३ मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभरि आज ५ सय ३३ कोरोना संक्रमित थपिएका छन् ।
१६ हजार ७ सय ३६ नमुना परीक्षण गर्दा ५ सय ३३ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा ४ सय ८४ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९७ दशमलव ७ प्रतिशत छ ।
आज कोरोनाबाट संक्रमित मध्ये १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ५४ पुगेको छ ।
नेपालमा ७ हजार ६ सय १२ कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्