तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा अपाङ्गता भएका व्यक्तिहरू कृषि क्रान्तिमा होमिँदै

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा मात्रै नभएर देशकै पहिलो उत्कृष्ट नमुना रूपी अपाङ्ग कृषक समूहमा १८ जना अपाङ्गता भएका व्यक्तिहरूले कृषि क्रान्तिमा होमिँदै कृषक समूह सञ्चालनमा ल्याएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, माथिल्लो गोवरैयामा रहेको पोल्ट्री फर्म र माछा पालन व्यवसाय सञ्चालन गरेका छन् । 

विश्वव्यापी रुपमा फैलिएको महामारी सँगै दुई बर्ष अघि कृषक समूह दर्ता गरी लकडाउन बन्दाबन्दी समयावधिमा चुनौतीपूर्ण वातावरणमा व्यवसाय सुरु गरेको कृषक समूहका अध्यक्ष मनोज बहादुर चन्द बताउनु भयो । अध्यक्ष चन्दले  अहिले स्थानीय जातका लोकल कुखुरा, टर्की पालिएका बताउनु भएको छ ।

भीमदत्त नगरपालिकाले वायुफलग प्रविधिबाट माछा पालनका लागि ३ लाख सहयोग गरेको त्यसमा चिसो मौसमले विज्ञका अनुसार मर्न सक्ने हुँदा फागुन महिनामा माछा पालनका लागि माछाका भुराको माग समेत गरिसको अध्यक्ष चन्दले बताउनु भएको छ ।

उहाँले अपाङ्गता भएका व्यक्तिले अरूको मुख मात्रै ताक्दैन,आफै पनि कमाएर आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण दिनको लागि पनि आफूहरूले व्यवसाय सञ्चालन गरेको र भूमि तथा कृषि सहकारी मन्त्रालयका लाईभस्टक अधिकृत दीर्घ कुमार स्वारको प्रेरणा र साथ सहयोगले आफूहरूलाई स्वावलम्बी र व्यवसाय गर्न सहयोग पुगेको बताउनु भयो ।

पछिल्लो समयमा फैलिएको महामारीको विषय परिस्थितिमा सहजीकरण जीवनकाल बिताउन कृषि व्यवसाय लाई निरन्तरता दिनु पर्ने देखिन्छन् । पछिल्लो समयमा आत्मनिर्भर बन्न कसरी लागि पर्नु पर्छ भन्ने बारेमा समेत समय परिवेशले पाठ सिकाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button