तपाईँ सुन्दै हुनुहुन्छः

सनराइज बैङ्कले ७ प्रतिशत लाभांश दिने

काठमाडौँ।सनराइज बैङ्कले बैङ्कका सेयर धनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैङ्कको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैङ्क सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृत र बैङ्कको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

त्यस्तै प्राइम बैङ्कले आफना सेयर धनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ ।

बैङ्कका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट बैङ्कबाट स्वीकृत र बैङ्कको साधारण सभाबाट पारित भएपछि सेयर धनीलाई वितरण गरिनेछ । बैङ्कको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button