कास्की प्रशासनले सुरु ग¥यो सामुदायिक विद्यालय भेटघाट कार्यक्रम

कास्की । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअसंग भेटघाट कार्यक्रम सञ्चालन गर्नुभएको छ । आचार्यले केही दिन अगाडी मात्रै कास्कीका पाँचै स्थानीय तहमा पुगेर विद्यालयका प्रअ र जनप्रतिनिधिलाई सँगै राखेर सामूहिक छलफल गर्ने कार्यक्रमको सुरुवात गर्नुभएको हो ।
गत महिना मात्रै कास्की जिल्लाको नेतृत्व सम्हाल्न आउनु भएका आचार्यले स्थानीय तहसँगको सम्बन्धलाई प्रगाढ बनाउन चाहेको सङ्केत गर्नु भएको छ ।कोरोना महामारी पछिको अवस्था, नयाँ शासन व्यवस्थामा सङ्घ र स्थानीय तह बिचको सम्बन्ध र कोभिड–१९ को सङ्क्रमणबिच पालिकाहरूमा शैक्षिक गतिविधि कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा छलफल गर्ने गरेको आचार्यले बताउनुभयो ।
कास्कीका स्थानीय तहले शिक्षण सिकाइलाई प्रभावकारी बनाएको अवलोकनमा पाएको उहाँले बताउनुभयो । पालिका–पालिकाबिच शिक्षण सिकाई अनुभव साटासाट गर्न सके शैक्षिक गुणस्तर थप सुधार हुने बताउनुभयो ।संस्थाको नेतृत्व गर्ने व्यक्ती बढी जिम्मेवार हुनुपर्ने भन्दै आचार्यले विद्यालयमा प्रअको भूमिकाले विद्यालयको शैक्षिक गुणस्तरीयता मापन हुने बताउनुभयो ।
विद्यालयका प्रअ भेटघाट कार्यक्रम अन्तर्गत विभिन्न समयमा पालिकाका विद्यालयहरूको अवलोकन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्