तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मकवानपुर। हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् . ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button