‘आगामी निर्वाचनमा एमाले सबैभन्दा ठुलो पार्टी बन्छ’
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट भिजन र दृष्टिकोणसँगै ७२ वर्षको कम्युनिस्ट आन्दोलनको अनुभव आफूहरूसँग भएकाले आगामी निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बन्ने बताउनुभएको छ ।
एमालेले विराटनगरमा आज आयोजना गरेको बडा दशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष ओलीले नेपाली भूमि फिर्ता ल्याउने, नयाँ नक्सा कायम राख्ने, युवाहरूले पढाइका आधारमा रोजगारी पाउनुपर्ने भन्दै त्यसको व्यवस्था आफूहरूले गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले पार्टी प्रवेश गर्नेको सङ्ख्यामा ठुलो लहर आएको र यसलाई समुन्द्रको छालजस्तै गरी अघि बढाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा गरेका कामहरू जनतासामु लिएर आगामी निर्वाचनमा जाने समेत बताउनुभयो ।
उहाँले पार्टी छाडेर गएकाहरूको आगामी निर्वाचनमा जमानत जफत हुने समेत दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्