तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालत विवाद : बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ

File Photo

काठमाडौँ । सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको पूर्ण इजलासबाहेक अन्य सबै इजलासमा मुद्दाको सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश जबराले आफूसहितका ६ वटा इजलासमा ७ वटा बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेशी तोक्नुभएको थियो । ती मध्ये ५ वटा मुद्दाको सुनुवाइ भएको हो ।

आजका लागि तोकिएको ६ मध्ये प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा. कुमार चुँडाल रहेको एउटा मात्र इजलास बसेन । सो इजलास नबसेपछि २ वटा बन्दी प्रत्यक्षीकरणका मुद्दामा भने सुनुवाइ भएन । 

प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै अघोषित रुपमा निरन्तर इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले इजलास छाडे बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनुवाइ गर्ने अडान राख्दै आएका छन् । 

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एशोसिएसन आन्दोलनमा छ ।   

यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज पनि विरोधसभाको आयोजना गर्‍यो । 

विरोधसभामा कानून व्यवसायीहरूले न्यायालय शुद्धीकरणका साथै राजनीतिक दलहरूको गलत क्रियाकलापविरुद्ध बार आन्दोलित भएको बताउनुभयो । 

कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले सहकर्मी न्यायाधीश र कानून व्यवसायीको विश्वास गुमाइसकेकाले जतिसक्दो चाँडो राजीनामा दिनुपर्ने माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button