चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरूप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३ लाख डोज कोभिड–१९ को खोप जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच चीनका महामहिम राजदूत Her Excellency Hou Yanqi ले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नु भएको छ ।
नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुत हुने विश्वास सेनाले लिइएको विज्ञप्तिमार्फत जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्