सल्यानमा बस दुर्घटना, चार जनाको मृत्यु, धेरै हताहत भएको आशङ्का

सल्यान । सल्यान दुलधाराबाट दाङ तुलसीपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ ।
दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको रेडियो नेपालका सल्यान सम्वाददाता दिपक शर्मा घटनास्थलबाट जानकारी दिनुभयो ।
उहाँका अनुसार सल्यान दुलधाराबाट दाङ तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका-५ खारखोलामा नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा धेरै मानिस हताहत भएको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी ……..








प्रतिक्रिया राख्नुहोस्