तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । 

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर १ का सागर लामा रहेका छन् भने सोही स्थानका कृष्ण लामा घाइते भएका हुन्  । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राती ८ बजेको समयमा कृष्ण लामा, सागर लामा र अर्का साथी शक्ति गुरुङ राप्तीको ड्याम साइडमा घुम्न गएको बेला जङ्गली हात्तीले आक्रमण गरेको थियो ।  

आक्रमणबाट कृष्ण लामा सामान्य घाइते भएको र गुरुङ भाग्न सफल भएका थिए भने सागर लामा बेपत्ता भएका थिए । 

सागर लामालाई खोजतलास गर्ने क्रममा आज बिहान ७ बजेर ५० मिनेटको समयमा मकवानपुर जिल्ला मनहरी गाउँ पालिका वडा नम्बर ६ खयरघारीस्थित लोथर खोलाको पारीपट्टि मृत अवस्थामा फेला परेको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button