तपाईँ सुन्दै हुनुहुन्छः

जुवा खालबाट साढे ४ लाख बढी नगदसहित ४८ जनालाई पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको एक जुवा खालबाट साढे ४ लाख बढी नगदसहित ४८ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जबाट गएको टोलीले आज बिहान नेपालगन्ज १७ बाबु गाउँमा जुवा खालबाट ४ लाख ६६ हजार नगदसहित ४८ जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

जुवा खालबाट केही भारतीय नागरिकहरू समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button