तपाईँ सुन्दै हुनुहुन्छः

पक्राउ परेका गायक दुर्गेश थापा छुटे

काठमाडौं । विवादास्पद गीतका कारण पक्राउ परेका गायक दुर्गेश थापालाई प्रहरीले छाडिदिएकोछ । तिहार सम्बन्धि गीतका कारण विवादमा आएको थापाले माफी माग्दै युट्युबबाट उक्त गीत हटाएपछि रिहा भएका हुन् ।

थापाविरुद्ध देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता भत्काउन खोजेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । गीतमा धूमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने आव्हान गरिएपछि चौतर्फी विरोध समेत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button