त्रिपाल टाँगेर भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको सुरुवात गछौँ : गृहमन्त्री खाँड

भैरहवा । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुरक्षाका लागि सुरक्षा निकाय गम्भीर रहेको नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले बताउनुभएको छ ।
आवश्यक पर्ने भवन बनाउँदा बजेट व्यवस्थापनमा समस्या भएपनि अन्य भवन व्यवस्थापन गर्न आग्रह गर्दै गृहमन्त्री खाँडले सुरक्षाको भवनको विषयमा चिन्ता नगर्न आग्रह गर्नुहुँदै टेन्ट टाँगेर भएपनि विमानस्थलको सुरक्षामा खटिन सुरक्षा निकाय तयार भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बताउनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाँडले लुम्बिनी आउने पर्यटकहरूले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीको आँगनमै छ त्यहाँ जाने बित्तिकै ठ्याक्कै गौतमबुद्धको आँगनमै पुगिन्छ भन्ने अनुभूति दिलाएर सुरक्षित रूपले फर्काउने कुरामा गृह मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ ।
सुरक्षाको भवन छैन भनेर सुरक्षा निकाय पछि हट्दैन, अरू सबै भवन बनाउनुहोस् सुरक्षालाई पनि भवन बनाउने ठाउँ राख्नुहोला गृहमन्त्री खाँडले भन्नुभयो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको भवन छैन भनेर सुरक्षा पछि हट्दैन, त्रिपाल टाँगेर भएपनि सुरक्षा निकायले सुरक्षा गर्छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थलको भौतिक प्रगतिका बारेमा गृह मन्त्री बालकृष्ण खाँडलाई जानकारी दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्