तपाईँ सुन्दै हुनुहुन्छः

देउसी भैलोमा कडाइ गर्दै पाँचथर प्रहरी

पाँचथर । तिहारमा खेलिने देउसी भैलोमा पाँचथर प्रहरीले कडाइ गरेको छ । पाँचथरको सदरमुकाम फिदिममा राती नौ बजेसम्म मात्र देउसी खेल्नको लागी प्रशासनले अनुमति दिएको छ  । 

शान्ति सुरक्षा कायम गर्न र कोभिडको जोखिमलाई नियन्त्रण गर्न प्रहरीले फिदिम बजारमा गस्ती गरी सामाजिक दुरी कायम गर्न, होहल्ला नगर्न, भिडभाड नगर्न,  र बेलुका ९ बजे पश्चात् देउसी तथा नाचगान नगर्नको लागी  निगरानी गरेर कडाइ गरिरहेको छ । 

प्रहरीले तिहार अगाडि नै पटकाजन्य वस्तुहरूको बिक्री वितरण तथा प्रयोग नगर्ने, जुवा तास नखेल्ने, रातको समयमा हिँडडुल नगर्ने, स्वास्थ्य सावधानीका मापदण्ड पालना गर्ने जस्ता सूचना जारी गरेपनी सूचनालाई बेवास्ता गरेकाले तिहारमा कडाइ गरिएको पाँचथर प्रहरीले जनाएको छ । 

प्रहरीले बजारका पसलबाट पटका बरामद गरी नष्ट गर्ने काम गरेको छ । प्रशासनको नियम उल्लङ्घन गर्नेलाई नियम अनुसार कारबाही गरिने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button