टी–२० क्रिकेटको उपाधि गजुरी विकास समाजलाई
धादिङ । धादिङ जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ ।
यही कात्तिक ११ गतेदेखि विशाल टारमा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा गजुरी सामुदायिक विकास समाजले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गर्दै गजुरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनायो । एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा त्रिपुरासुन्दरीले सबै विकेट गुमाउँदै मात्र ८९ रन बनायो ।
प्रतियोगिताको विजेतालाई रु एक लाख तथा उप विजेतालाई रु ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको धादिङ जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष नारायण सिलवालले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले विजेता तथा उप विजेतालाई पुरस्कार वितरण गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्