भालुको आक्रमणबाट महिला गम्भीर घाइते

अछाम । अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका देव बहादुर भण्डारीको श्रीमती २२ वर्षीया निर्मला भण्डारी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् ।
आज बिहीबार बिहान सुतारको छेडढुंगामा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको वडा अध्यक्ष खडक बहादुर भण्डारीले बताउनु भयो ।
उहाँको वयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्