तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत ।दाङदेखि सुर्खेत आउँदै गरेको जीप आज बिहान रत्न राजमार्गको वीरेन्द्रनगर–१२, झुप्रा खोला नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको घोराही नगरपालिका–१३, का २८ वर्षीय जीप चालक राजु विक रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । तरकारी बोकेर सुर्खेत आउँदै गरेको रा १ च–१३१०, नम्बरको जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका सवारी चालक विकलाई उद्धार गरेर प्रदेश अस्पताल पु¥याईएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँले जीप दुर्घटनामा लिवाङ्ग नगरपालिका–३, रोल्पाका १६ वर्षीय सह–चालक लोकेन्द्र सुनार सामान्य घाइते भएको बताउनुभयो । उहाँका अनुसार जीप सडकबाट १ सय ५० मिटर तल झुप्रा खोलामा खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button