तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बेलुका ७ बजेपछि देउसी भैलो खेल्न नपाइने

पाल्पा।जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहारको बेला बेलुका ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।

कोरोना सङ्क्रमणको अवस्था कायमै रहेकाले सकेसम्म देउसी भैलो नखेल्न र खेलेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर थोरै सङ्ख्यामा बेलुका ७ बजेसम्म मात्र खेल्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले देउसी भैलो खेल्न तिहारको सीमित दिनमा मात्र खेल्न पाइने र घरधनीको समेत पूर्व स्वीकृति लिनुपर्ने जनाएको छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा तिहारको बेलामा जुवा तास खेल्ने खेलाउने र पटका, भुइचम्पा तथा आतशबाजी गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले यस्तो कार्य गरेको पाइएमा कानुनी कारबाही हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button