तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री भुसालसँग इयुका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय एवं बहुपक्षीय चासोका विषयमा छलफल भएको थियो । 
भेटका अवसरमा मन्त्री भुसालले राजनीतिक स्थायित्वसँग आर्थिक विकासमा नेपाल अगाडि बढेको बताउँदै त्यसका लागि युरोपेली सङ्घले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

जलवायु परिवर्तनका विषयमा सामूहिक ऐक्यबद्धता व्यक्त गर्नुपर्ने बताउँदै मन्त्री भुसालले युरोपेली सङ्घ र सदस्य मुलुकले सो विषयमा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । 

भेटमा राजदूत डेप्रेजले जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक पहल मुख्य भएको उल्लेख गर्दै त्यस विषयमा नेपालको पक्षमा ऐक्यबद्धता व्यक्त गर्नुभयो । 

युरोपेली सङ्घ र सदस्य मुलुकको वैकल्पिक ऊर्जाका क्षेत्रमा विशेष चासो रहेको र त्यसको प्रवर्द्धनमा आफूहरू नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button