४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ७ जनाको मृत्यु

काठमाडौँ । आज देशभर ४ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
९ हजार ९ सय १३ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज ४ सय ३९ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ५ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
कोरोना संक्रमण कारण आज ७ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ३४ पुगेको छ ।
आज देशभर ९७ हजार ७० जनाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्