प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री आएपछि मात्रै छलफल हुने : मन्त्री श्रेष्ठ

बर्दिबास । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री आएपछि मात्रै छलफल हुने बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा प्रेस सेन्टर महोत्तरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा प्रधानमन्त्री स्कटल्यान्डबाट फर्किएपछि मात्र छलफल हुने बताउनुभएको हो । मन्त्री श्रेष्ठले न्यायालयको विषयमा आफ्नो पार्टीको कुनै धारणा नभएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्