तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा कोरोना संक्रमण बाट थप १ जनाको मृत्यु


बागलुङ।बागलुङ जिल्लामा कोरोना सङ्क्रमणबाट बुधवार बिहान थप एक जनाको मृत्यु भएको छ ।

कार्तिक १२ गते संक्रमित भई धौलागिरि अस्पतालमा उपचार गराउँदै आएका बागलुङ नगरपालिका – ४ का ८३ वर्षीय पुरुषको बुधवार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो

यो सँगै बागलुङको कोरोना संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ७१ पुगेको धौलागिरि अस्पतालले जनाएको छ ।हाल बागलुङका सक्रिय सङ्क्रमितको सङ्ख्या २८ जना मात्र रहेको कोभिड फोकल पर्सन घिमिरेको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button