तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले कटान गरेको त्रिवेणी–ताम्ती सडक खण्ड निर्माण हुँदै


जुम्ला। जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डमा पुनर्निर्माण थालिएको छ । कार्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले कटान गरेको उक्त सडकखण्डको निर्माण थालिएको हो ।

बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको छ । सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले भन्नुभयो,“अवरुद्ध भएको २० किमी मध्य सडक मध्य बाढीले ४ सय मिटर सडक पुनै कटान गरेको छ । मान्छे हिँड्ने समेत बाटो छैन । ताम्ती क्षेत्रका नागरिकलाई खाद्यान्न ओर्सान आवत जावतलाइ सहज गर्न ट्याक्टर,जिप सञ्चालन हुने गरी कटान भएको सडकखण्ड तत्काल निर्माण थालेका छौ ।”

त्रिवेणी देखि ताम्ती सम्मको ४ सय मिटर कटान भएको सडकमा ग्यामिन पर्खाल निर्माण गरिने भएको छ । भने,मेसिन भाडामा लिएर सडक डिभिजनकै कर्मचारी परिचालन गरेर सडकको ट्र्याक खोल्ने काम सोमबारदेखिनै सुरु भएको इन्जिनियर भण्डारीले बताउनुभयो ।कटान भएको ४ मिटर क्षेत्रमा ग्यामिन पर्खाल निर्माणका लागि गत आबको २ करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । भेरी खोला क्षेत्रका नागरिकको आवत जावतलाइ सहज गर्न तथा खाद्यान्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई द्रुत गतिमा अघि बढाइएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,“बाढीले जुम्ला–जाजरकोट सडकको विभिन्न खण्ड अवरुद्ध छ । तर त्यस मध्य पनि ४ सय मिटर सडक बाढीले कटान गरेर बगाएको हुँदा हिँड्न पनि मुस्किल छ । विपद् व्यवस्थापन समितिको अनुगमन पश्चात् सडक पुनर्निर्माण तत्काल गर्ने निर्णय भए अनुसार गत आवको बचत रकमबाट ठेक्का गरी निर्माण थालिएको छ ।”

तर तत्काल पहिरो पन्छाउने,ट्र्याक खोल्ने काम मेसिन भाडामा लिएर सडककै कर्मचारीले गरिरहेका छन् । छिटो भन्दा छिटो त्रिबेणाी ताम्तीको कटान भएको सडक निर्माण गरी आवत जावत सहज बनाउने लक्ष्य रहेको प्रमुख सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ ।त्यसका साथै जुम्ला–जाजरकोट रारा राजमार्गको विभिन्न भागमा कतै अवरुद्ध,कतै भत्किएको छ । ताम्तीका नर रावतले भन्नुभयो,“बाढीले सडक कटान गर्दा आवत जावतमा समस्या थियो । खाद्यान्न ओसार पसार गर्न उतिकै मुस्किल छ । सडक डिभिजनले कटान गरेको सडक निर्माण थालेपछि हामी खुसी छौ ।”

सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले सडक स्तरबृद्धि तथा निर्माण,अवरुद्ध सडक सुचारु,नयाँ सडक निर्माण,पुल निर्माण लगायत अन्य पूर्वाधार विकासका कार्यलाई समयमै सम्पन्न गर्ने लक्ष्य लिएर काम थालिने बताउनुभयो ।निर्माण व्यवसायीको ढिलासुस्ती,बजेट अभाव,ढिलो निकासा र भौगोलिक विकटताका कारण जुम्लाको पूर्वाधार विकास पछि परेको भन्ने बुझिएकोले यी विभिन्न पक्षलाई सहजीकरण गरेर काम गरिने प्रमुख श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button