तपाईँ सुन्दै हुनुहुन्छः

एशियाको ‘डि–कार्बोनाइजेशन’लाई सहयोग गर्न जापानले १० अर्ब अमेरिकी डलर दिने

जापानले एशियाको ‘डि–कार्बोनाइजेशन’ गर्ने प्रयासमा सहयोगका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरी १४.८ अरब अमेरिकी डलर पुग्ने गरी आगामी पाँच वर्षभित्र १० अरब अमेरिकी डलरसम्म पु¥्याउने जनाएको छ । प्रधानमंत्री फुमिओ किसिदाले मंगलबार ग्लासगोको कोप–२६ शिखर सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो ।

किशिदाले भन्नुभयो, “गत जूनमा घोषणा गरिएको पाँच वर्षको दौडान निजी र सरकारी वित्त पोषणमार्फत् प्रदान गरिएको ६० अर्ब डलरको अतिरिक्त जापानले आगामी पाँच वर्षमा एशियामा ‘डि–कार्बोनाइजेसन प्रयासलाई सहयोग गर्न १० अर्ब अमेरिकी डलरसम्म उपलब्ध गराउने लक्ष्य राखेको छ ।” प्रधानमन्त्री किशिदाले भन्नुभयो, “ऊर्जाको मूल्य वृद्धिको प्रश्न उठिरहेका समय ‘हामी एशिया र समग्र विश्वको ‘डि–कार्बोनाइजेसन प्रयासमा अघि बढिरहेका छौं’।”

“जापानले प्राकृतिक प्रकोप रोकथामजस्ता क्षेत्रहरूमा सम्भावनाहरूलाई कार्यान्वयनमा लान तेस्रो देशहरूका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरेर १४.८ अर्ब अमेरिकी डलर पु¥्याउने लक्ष्य राखेको छ,“ किसिदाले थप्नुभयो ।

टोकियोले वन संरक्षण कार्यक्रमलाई सहयोग गर्न २४ करोड अमेरिकी डलरसम्मको लगानी गर्ने लक्ष्य पनि राखेको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button