तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आज स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता भएको हो।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन पुग्नुभएका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले भेटवार्ता भएको हो। 

भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button