तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (२) अनुसार आज मुख्यमन्त्रीमा राईलाई नियुक्त गर्नु भएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र  लिम्बुवानसहितका ५० सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि सोमवार नै दाबी पेश गर्नु भएको थियो ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुखले अर्को सरकारका लागि आज दिउँसो १ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नु भएको थियो ।

मुख्यमन्त्री राईले आज नै पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button